दुर्घटना न्युनिकरणकोलागि चालक सचेतना

Devghat Online

शेयर गरौ

तनहुँ । असार ८

बिहानीको समयमा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सोमबार बिहान ४ बजेटबाट चालक सचेतना कार्यक्रम सन्चालन गरेको छ ।

बिहान ४ बजेबाट पोखरा–मुग्लिङ सडक खण्डमा चालक सचेतना कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त अवसरमा चालकलाई सडकको अवस्था, लेन अनुशासन, ट्राफिक नियमको पालना सम्बन्धि सम्झाई बुझाई गरिएको थियो ।

सचेतना कार्यक्रममा दुई पाङग्रे सवारी साधन तर्फ ५७ वटा, ४ पाङग्रे साना सवारी साधन तर्फ ४४ वटा र ठुला सवारी साधन तर्फ ७३ वटा सवारी साधनका चालकलाई सचेतना दिईएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्तिसुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतको लागि गरिएको सर्च एण्ड स्विप अपरेसन कारबाहीमा ९ जना शंकास्पद व्यक्तिहरू नियन्त्रणमा लिइएकोमा आबस्यक अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय