सर्च एण्ड स्विप अपरेसन र चालक सचेतना गर्दै तनहुँ प्रहरी

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्तिसुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रण लगायतको लागी गरिएको सर्च एण्ड स्विप अपरेसन कारबाहीमा ५ जना शंकास्पद व्यक्ति नियन्त्रणमा लिइएकोमा ५ जनालाई अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाई छाडिएको जनाएको छ ।

यसैगरि बिहानीको समयमा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा संयुक्त रुपमा शनिबार बिहान ४ बजेबाट पोखरा मुग्लिङ सडक खण्डमा चालक सचेतना कार्यक्रम सन्चालन गरेको छ ।

उक्त कार्यक्रममा विभिनन किसिमका सवारी साधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन, ट्राफिक नियमको पालना सम्बन्धि सम्झाईबुझाई गरिएको प्रहरीले जनाएको छ । सो क्रममा दुई पाङग्रे सवारी साधन २१ वटा, ४ पाङग्रे साना सवारी साधन ७५ वटा, ठुला सवारी साधन ४५ वटाका चालकलाई सचेतना गराईएको प्रहरीले जनाएको छ । प्रहरीले बिहानीको समयमा चालक सचेतना कार्यक्रम केही दिन यता निरन्तर गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू