तनहुँ । असार २१
बन्दीपुर गाउँपालिका–६ बासपानीमा कृषक मनबहादुर गुरुङले ३० रोपनी क्षेत्रफलको जग्गामा अकबरे खुर्सानी खेती गरेका छन् ।




बन्दीपुर गाउँपालिकाको ८० प्रतिशत अनुदान तथा गाउँपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा बासपानीस्थित उज्यालो बासपानी कृषक समूह मार्फत मन बहादुरले ३० रोपनी क्षेत्रफलको जग्गामा अकबरे खुर्सानी खेती गरेका हुन् ।

कृषिलाई व्यावसायिक, आत्मनिर्भर र आम्दानीमुखी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आयआर्जनमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

अन्य किसानहरुलाई पनि मनबहादुरको जस्तै व्यवसायीक खेतीमा लाग्ने प्रेरणा मिलोस् भन्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।











