देवघाट । असार २८
देवघाट गाउँपालिकाले सुन्तलालाई उच्च प्राथमिकतामा राखी कृषि विकास सम्बन्धी कार्यक्रम सन्चालन गरेको छ । चालु आर्थिक वर्षमा सम्पादन भएका कृषि विकास सम्बन्धी कार्यक्रम मध्ये सुन्तलालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।



गाउँपालिकाले पकेट विकास कार्यक्रम, सुन्तला विकास कार्यक्रम, आइपिएम कृषक पाठशाला कार्यक्रम, नर्सरी स्थापना कार्यक्रम र अध्यक्षसँग कृषि कार्यक्रम अन्तर्गत सुन्तलालाई प्राथमिकतामा राखी कार्यक्रम सन्चालन गरिरहेको छ ।
गत आ.व २०८१/०८२ मा स्थापना भएका पकेट विकास कार्यक्रमको निरन्तरता अन्तर्गत वडा नम्बर २ को लालिगुराँस केषक समुह घण्टाचुली र नरमसँग सम्झौता गरि ८० रोपनी क्षेत्रफलमा १ हजार ६८४ सुन्तला विरुवा रोपण गरि सुन्तला बगैंचा क्षेत्र विस्तार गरिएको छ । उक्त सुन्तला बगैंचाको लागि आवश्यक प्लाष्टिक पानी ट्यांकी, एचडिपी पाईप, इलेक्ट्रिक स्पेयर, सिकेचर, भ¥याङ, गड्यौला मल, किटनाशक औषधी आदि अनुदानमा उपलब्ध गराईएको छ ।

त्यसैगरि सुन्तलाजात फलफुल बालीको नयाँ पकेट विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ३ को श्रृजनशिल कृषक समुहसँग सम्झौता गरि करिब ४० रोपनी क्षेत्रफलमा ८ सय सुन्तलाको विरुवा रोपण गरि बगैंचा स्थापना गरिएको छ । उक्त बगैंचाको लागि आवश्यक प्लाष्टिक पानी ट्यांकी, एचडिपी पाईप, इलेक्ट्रिक स्पेयर, सिकेचर, भ¥याङ, गड्यौला मल, किटनाशक औषधी आदि अनुदानमा उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि वडा नम्बर २ को नरम सुन्तला तथा पशुपालन कृषक समुहको समन्वयमा सुन्तलाबालीमा आइपिएम कृषक पाठशला पनि सन्चालन गरिएको जनाईएको छ । त्यसैगरि सुन्तला विकास कार्यक्रम अन्तर्गत नै वडा नम्बर २ र ३ का कृषक तथा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा ६६५ केजी निलोतुथो, १६६० केजी चुना र १९७ केजी सुक्ष्म खाद्यतत्व वितरण गरिएको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
त्यस्तै नर्सरी स्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को काफलडाँडामा सुन्तलाको करिब १ हजार कलमी बेर्ना उत्पादन गरिएको पनि गाउँपालिकाले जनाएको छ । अध्यक्षसँग कृषि कार्यक्रम अन्तर्गत पनि सुन्तलाको विरुवा वितरणको कार्यक्रम भएको जनाईएको छ ।












