देवघाटमा स्वास्थ्य कार्यक्रमः एक वर्षमा १९ हजार ७१५ ले पाए स्वास्थ्य सुविधा

Devghat Online

शेयर गरौ

देवघाट । असार ३०

देवघाट गाउँपालिकाका सरकारी स्वास्थ्य संस्थाहरुबाट चालु आर्थिक वर्षमा १९ हजार ७१५ जनाले स्वास्थ्य सुविधा पाएका छन् । जसमा महिला ११ हजार २०९ र पुरुष ८ हजार ५०६ रहेका छन् ।

गाउँपालिकाका जन्मेदेखी १५ महिनासम्मका ११६० बालबालिकालाई लगाउनुपर्ने सबै खोप लगाईएको जनाईएको छ । साथै जन्मेदखी ५९ महिनासम्मका बालबालिकाहरुका लागि ३ हजार ६०८ घरधुरी सर्वेक्षण गरि खोप लगाउन छुट नभएको प्रमाणित भएपछि २०८३ जेठ २९ गते पुर्णखोप पालिका घोषणा गरिएको थियो ।

त्यस्तै राष्ट्रिय भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत ९२१ जना बालबालिकालाई भिटामिन ए र ८३८ जना बालबालिकालाई जुकाको औषधी खुवाईको छ भने विद्यालय पोषण कार्यक्रम अन्तर्गत ३ हजार ३४० जना छात्र छात्रालाई जुकाको औषधी खुवाईएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकामा रहेका १७१ वटा गाउँ घर क्लिनिकबाट ११६० जनालाई विभिन्न प्रकारका स्वास्थ्य सेवा दिईएको छ । साथै बर्थिङ सेन्टरहरुबाट तालिम प्राप्त नर्सिङ स्टाफहरुबाट ५५ जना गर्भवती महिलालाई सुत्केरी सेवा प्रदान गरिएको छ । साथै सुचिकृत स्वास्थ्य संस्थाहरुबाट ५२ जना महिलाहरुलाई सुरक्षित गर्भपतन सेवा पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि ११२ जना गर्भवती महिलाहरुलाई ग्रामिण अब्स्ट्रटिभ भिडियो एक्सरे सेवा प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै परिवार नियोजन सेवा इम्प्लान्ट ५५ जनालाई, आइयुसिडी २ जनालाई पिल्स ४१ जनालाई र डिपो ९६ जनालाई सेवा प्रदान गरिएको छ ।

गाउँपालिका भित्र रहेका ४१ ज्ना क्षयरोगीहरुलाई डट्स कार्यक्रममा सहभागी गराई नियमित औषधी खुवाईएको स्वास्थ्य शाखाका प्रमुख प्रदिप बुढाथोकीले बताए । देवघाट गाउँपालिकाको समन्वय र भरतपुर नेत्रज्योती संघको आयोजनामा आँखा शिविर आयोजना गरि ११५ जनाको आँखाको परिक्षण गरिएको थियो ।

७२१ जनालाई एआई प्रविधिको एक्सरे र खकार परिक्षण गरिएको जनाईएको छ । ११९ जना छात्रहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभि खोप लगाईएको छ । साथै नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम मार्फत १६७१ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा आयोजित खुल्ला कविता र रामायण वाचन प्रतियोगिता सम्पन्न

तनहुँ । असार २८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीको पावन अवसरमा तनहुँको