तनहुँ । असार ३१
तनहुँ प्रहरीले प्रतिबन्धित लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बधुबार जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरी टोलीले जिल्ला आँबुखैरेनी गापा–४ बेनीटारस्थित पृथ्वी राजमार्गमा चेकजाँचको क्रममा नारायणगढबाट पोखरातर्फ आँउदै गरेको मोटरसाइकलमा सवार जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नम्बर ४ घर भएका एक पुरुष व्यक्तिले शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याएको डाईजोपाम–६७ एम्पुल, बुप्रेनोफिन–६७ एम्पुल तथा फेनेग्रान–६७ एम्पुल गरी जम्मा २०१ एम्पुल प्रतिबन्धित लागुऔषध नियन्त्रणमा लिएको बताईएको छ ।




साथै सोहि स्थानमा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुबाहक बसमा सवार जिल्ला गोरखा गण्डकी गाउँपालिका वडा नम्बर ६ बस्ने एक जना पुरुष व्यक्तिले बोरामा लुकाई छिपाई ल्याएको गाजा २ केजी फेला पारी दुवै व्यक्तिहरुलाई नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।













