रानीवनद्वारा गरिबी निवारण तथा महिला शसक्तिकरण तालिम तथा अनुदान वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ३२

देवघाट गाउँपालिका–५ स्थित रानीवन सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुको गरिबी निवारण तथा महिला शसक्तिरण सम्बन्धी तालिम र अनुदान उपलब्ध गराएको छ । सामुदायिक वन भन्नासाथ धेरैको मनमा हरियाली, रुखबिरुवा र संरक्षणको चित्र मात्रै आउँछ । तर देवघाटका सामुदायिक वनहरुले वनले केवल जंगल जोगाउने काम मात्रै गर्दैनन्, उनीहरुले उपभोक्ताहरुको शसक्तिरणमा जोड दिँदै आर्थिक उपार्जनमा विभिन्न उपाउहरु पनि सिकाईरहेका हुन्छन् ।

यसैक्रममा रानीवन सामुदायिक वन समुहले पनि गरिबी निवारणको लागि अनुदान वितरण तथा महिला शसक्तिरण सम्बन्धी तालिम उपलब्ध गराएको छ । अभावसँग जुधिरहेका नागरिकका हातमा सीप, स्वरोजगार र आत्मनिर्भरताको अवसर दिएर रानीवनले समुदायमा आशाको नयाँ उज्यालो फैलाएको छ ।

विहिबार आयोजित कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले आत्मनिर्भर जीवनका लागि आयआर्जन अपरिहार्य रहेको बताउँदै वन समूहले सञ्चालन गरेका दुना–टपरी तथा पुनःप्रयोगयोग्य सेनेटरी प्याड निर्माण तालिमलाई व्यवहारमा उतार्न सके महिलाको आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे । उनले सीपलाई आम्दानीसँग जोड्न सके परिवारको जीवनस्तर मात्र होइन, समाजको समृद्धिको आधार पनि बलियो बन्ने उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रानीवन उपभोक्ता समुहका अध्यक्ष टुकनाथ अधिकारीले सामुदायिक वनको सफलता जंगलमा हुर्किएका रुखको संख्याले होइन, समुदायका नागरिकको जीवनमा आएको परिवर्तनले मापन हुनुपर्ने बताए । ‘गरिबी हटाउन दानभन्दा अवसर आवश्यक हुन्छ । महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार, समाज र राष्ट्र नै बलियो बन्छ’ अधिकारीले भने ‘आगामी दिनमा पनि विपन्न समुदायको आयआर्जन, सीप विकास र महिला सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

समूहकी सचिव इन्द्रामाया थापाका अनुसार गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत २३ जना विपन्न उपभोक्तालाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले घुम्ती कोष उपलब्ध गराइएको छ । लाभग्राहीहरूले बङ्गुर, बाख्रा, भैंसी तथा कुखुरा पालनजस्ता आयआर्जनमूलक व्यवसाय सुरु गरेका छन् । दुई वर्षभित्र रकम फिर्ता गर्ने व्यवस्थासहित सञ्चालन गरिएको यो घुम्ती कोषले एक परिवार सफल भएपछि अर्को परिवारलाई पनि उभिने अवसर दिने दिगो प्रणालीको रूपमा काम गर्ने उनले बताइन् ।

त्यसैगरी १७ जना विपन्न परिवारलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले शौचालय निर्माण, खानेपानी धारा जडान तथा कुखुरा पालनका लागि अनुदान प्रदान गरिएको छ । परम्परागत आरन व्यवसाय जोगाउने उद्देश्यले स्थानीय नैत्रलाल विकलाई आरन मर्मतका लागि १० हजार रुपैयाँ बराबरको सामान सहयोग पनि उपलब्ध गराइने सचिव थापाले जानकारी दिइन् ।

महिला सशक्तीकरणतर्फ पनि रानीवनको पहल प्रेरणादायी देखिएको छ । यसअघि सञ्चालन गरिएको ४ दिने पुनःप्रयोगयोग्य सेनेटरी प्याड निर्माण तालिमलाई निरन्तरता दिँदै थप २ दिने तालिम सञ्चालन गरिएको छ भने २ दिने दुना–टपरी निर्माण तालिम पनि सञ्चालन गरिएको छ । वन समूहले अब स्थानीय महिलाको सहभागितामा पुनःप्रयोगयोग्य सेनेटरी प्याड स्थानीय स्तरमै उत्पादन गर्ने तयारी थालेको जनाएको छ । यसले महिलाको आयआर्जन बढ्नुका साथै स्वास्थ्य सामग्रीमा आत्मनिर्भरता र स्थानीय उत्पादन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका समाजसेवी दवाडीद्वारा राष्ट्रिय माविलाई सफ्टवेयर खरिदकालागि सहयोग

देवघाट । असार ३१ सामुदायिक विद्यालयलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले चितवनको