अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३२

तनहुँ प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । गत असार २७ गते व्यास नपा वडा नम्बर ३ बिसघरे सेती मादीघाट र असार ३१ गते म्याग्दे गाउँपालिका वडा नम्बर १ तल्लो गुणादी स्थित गुणादी खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न गरिरहेको अवस्थामा जेसिभी १, स्काभेटर १, टिप्पर २ र ट्याक्टर २ गरी जम्मा ६ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कारबाहीको सम्बन्धित निकायमा पठाइएकोमा १ लाख २८ हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधन मध्ये व्यास नपा ३ विसघरे मादीसेती घाटबाट नियन्त्रणमा लिइएको स्काभेटर १, टिप्पर २ गरी जम्मा ३ वटा सवारी साधनको व्यास नगरपालिकाबाट ७३ हजार रुपैयाँ जरिवाना गराएको छ भने म्याग्दे गाउँपालिका वडा नम्बर १ तल्लो गणुदीबाट नियन्त्रणमा लिइएको जेसिभी १, ट्याक्टर २ को म्याग्दे गाउँपालिकाबाट रु ५५ हजार जरिवाना गराएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका समाजसेवी दवाडीद्वारा राष्ट्रिय माविलाई सफ्टवेयर खरिदकालागि सहयोग

देवघाट । असार ३१ सामुदायिक विद्यालयलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले चितवनको