व्यास नगर कार्यपालिकाको २४३ औँ बैठकका विविध निर्णयहरू सार्वजनिक

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १२

व्यास नगर कार्यपालिकाको २४३ औँ नियमित बैठक नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरूको उपस्थितिमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिएका छन् ।

नगरपालिकाका प्रवक्ता सुरेश थापाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बैठकले गत साउन १ गते बसेको २४२ औँ कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गरेको छ । बैठकले व्यास नपा–११ स्थित विद्या पोल्ट्री एवं कृषि फर्म प्रा.लि.को माग अनुसार कृषि प्रयोजनका लागि खरिद–बिक्री हुने जग्गाको रजिष्ट्रेसनमा लाग्ने राजस्वमा नियमानुसार छुट प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै वडा नं. ७, ९, १० र ११ मा निर्माणाधीन पाराशर मार्गको काममा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै निर्माण व्यवसायीलाई ७ दिनभित्र सम्पर्क गरी कार्यप्रगति प्रतिवेदन र बाँकी काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । गत आ.व २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम आगामी साउन २९ गते बिहान ११ बजे नगर सभाहलमा सरोकारवालाहरूको उपस्थितिमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले चालु आ.व २०८३/०८४ का लागि सार्वजनिक खरिद नियमावली अनुसार मजदुरको ज्याला, निर्माण सामग्री ढुवानी तथा मेसिन–उपकरणको प्रस्तावित भाडादर स्वीकृत गरेको छ । त्यस्तै बैठकले ‘निर्माणकर्मीहरूको दर्ता सूचीकृत सम्बन्धी कार्यविधि २०८३’ पारित गरेको छ । साथै, लोक कल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि २०८० र व्यास नगरपालिका भवन निर्माण मापदण्ड २०८२ संशोधन गर्ने निर्णयसमेत बैठकले गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण