देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

Devghat Online

शेयर गरौ

देवघाट । साउन १६

जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई निःशुल्क जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तर्गत सात दिने सार्वजनिक सूचना जारी गरेको छ ।
नेपाल सरकारको भूमि सम्बन्धी गठन आदेश र नियमावली अनुसार गाउँपालिकाबाट सिफारिस भई आएका आवेदकहरूको दाबी विरोध तथा संशोधनका लागि उक्त सुचना प्रकाशित गरिएको समितिले जनाएको छ ।

शुक्रबार प्रकाशित सुचनामा देवघाट गाउँपालिकाबाट प्रमाणित भई आएका भूमिहीन दलित आवेदकहरूको विवरण समेटिएको छ । देशभर आफ्नो वा परिवारका सदस्यको नाममा जग्गा–जमिन नभएको र आय–आर्जनबाट जग्गा प्रबन्ध गर्न असमर्थ रहेकाले तोकिएको हदभित्र रही निःशुल्क जग्गा पाउन आवेदन परेको जनाइएको छ ।

उल्लेखित विवरण संशोधन गर्नु परेमा आवेदक स्वयंले वा कुनै दाबी विरोध/उजुरी भए जो–सुकैले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्रमाणसहित निवेदन दर्ता गराउन समितिले आह्वान गरेको छ ।

भूमि समस्या समाधान समिति तनहुँले उजुरी वा दाबी विरोधका लागि तोकिएको समयभित्र आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको