‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १९

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित रहेको जनाउँदै सर्वसाधारणलाई अनावश्यक भण्डारण नगर्न र हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै विगत केही समयदेखि बजारमा ग्याँसको अभाव भएको भनी गुनासो आएकाले त्यसबारे स्पष्ट पारेको हो । अधिकृत तथा थोक विक्रेता र जिल्ला उद्योग वाणिज्य संघसँगको छलफल अनुसार ग्याँस आपूर्ति विगतजस्तै नियमित रहेको, पहिले वितरण भएका आधा सिलिन्डरलाई पूर्ण सिलिन्डरले प्रतिस्थापन गरिएको र उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चय गर्न खोजेकाले कृत्रिम अभाव जस्तो देखिएको प्रशासनको भनाइ छ ।

प्रशासनले एलपि ग्याँसको आयात तथा बिक्री वितरण नियमित भइरहेको भन्दै ग्याँस अभाव भएको भन्ने अफवाहको पछाडि नलागी आवश्यकता अनुसार मात्र खरिद गर्न र अनावश्यक भण्डारण नगर्न, नगराउन सर्वसाधारणमा अनुरोध गरिएको छ ।

प्रशासनले ग्याँस आपूर्ति र वितरणको नियमित अनुगमन गरिरहेको जनाएको छ । कहीँ कतै अनियमितता वा कैफियत देखिएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । प्रशासनले ज्येष्ठ नागरिक, एकल महिला, दीर्घरोगी, होस्टेलका विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा बस्नेहरूलाई नियमित विक्रेताबाट ग्याँस प्राप्त नभएमा कार्यालय समयभित्र टोल फ्रि नम्बर १८१०५०००३८८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता