व्यासमा दुई जना पुरुष अचेत अवस्थामा फेला

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

व्यास नगरपालिकाका दुई छुट्टा–छुट्टै स्थानमा दुई जना पुरुष अचेत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार बुधबार अपराह्न करिब ४ बजे व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भित्री सडक खण्डमा ग १ त ६३८२ नम्बरको ट्रयाक्टर चलाउन लाग्दा ट्याक्टर चालक चितवन भरतपुर महानगरपालिका–१२ घर भई हाल व्यास–१० बैरेनी बस्ने ५५ वर्षका काले लामा तामाङ अचानक बेहोस भएका थिए ।

तामाङलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा सामान्य उपचारपश्चात् थप उपचारका लागि साँझ ६ः३० बजे गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।

यसैगरी, बुधबार साँझ ७ बजे व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टास्थित बुल्दीखोलाको किनारमा अर्का एक पुरुष अचेत अवस्थामा फेला परेका छन् । नाम, थर र वतन नखुलेका अनुमानित ४०–४२ वर्षका पुरुष अचेत अवस्थामा रहेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ । अचेत अवस्थामा रहेका ती पुरुष हाल बोल्न नसक्ने अवस्थामा रहेको र उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता