भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २१

तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ । भिमाद नगरपालिकाको आयोजना, जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जान्त्रा) र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको प्राविधिक सहयोगमा वडा नम्बर ९ स्थित च्यानडाँडामा बिहीबार शिविर सञ्चालन गरिएको हो ।

समुदायमा छाती सम्बन्धी रोग, विशेष गरी क्षयरोगको प्रारम्भिक पहिचान तथा रोकथाम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

शिविरमा लक्षित समूहका २७६ जना स्थानीयबासीले छातीको एक्स–रे तथा स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका क्रममा एआई प्रविधिको सहयोगबाट २४ जनामा क्षयरोगको लक्षण देखिएको जनाईएको छ । ति शङ्कास्पद २४ जनाको खकारको नमुना सङ्कलन गरी थप सूक्ष्म परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ ।

भिमाद नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि यस्ता प्रविधियुक्त र जनस्वास्थ्यलक्षित कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ । साथै, लगातार खोकी लाग्ने, ज्वरो आउने तथा शरीरको तौल घट्दै जाने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई जाँच गराउन नगरपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका