तनहुँमा बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह हुने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २२

जिल्ला प्रशासन कार्यालय, तनहुँले सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ ।

कार्यालयद्वारा प्रकाशित सूचना अनुसार, सेवाग्राहीको सुविधा र सहजीकरणका लागि सार्वजनिक बिदाका दिनमा समेत सेवा खुला राख्ने निर्णय गरिएको हो ।

प्रशासनले २०८३ साल साउन २३ गते शनिबार र साउन २४ गते आइतबार बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रको सेवा सन्चालन गर्ने भएको छ ।

सेवा लिन आउने सेवाग्राहीले तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालो अनुसार सेवा लिन सक्नेछन् । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भिड र चापलाई व्यवस्थापन गरी सर्वसाधारणलाई सहज ढङ्गले सेवा प्रदान गर्न यो व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता