आज ३२ औं विश्व आदिवासी दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २४

आज ३२ औं विश्व आदिवासी जनजाती दिवस । यस दिवसको अवसरमा तनहुँका स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् । यस वर्ष ‘पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ यो दिवस मनाइने छ ।

संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो । यो दिवस सन १९९४ मा विश्वभरका आदिवासी जनजाती समुदायको हक अधिकार तथा उनीहरुको आधारभुत मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मनाउने घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो ।

जल, जङ्गल र जमिनसँग निकट भएर जीविकोपार्जन गर्दै आएका आदिवासी जनजातिहरुले राज्यपक्षसँग आफ्ना हकअधिकार प्राप्तीका लागि सुरूका दिनहरुमा यस्तै दिवसहरुको प्रयोग गरेको पाइन्छ । फलस्वरुप विश्व आदिवासी दिवसको ३२ औँ शृङ्खलासम्म आइपुग्दा पनि आन्दोलनको बाटो भने रोकिएको छैन । तसर्थ यस वर्ष ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था (युएनड्रिप) र आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको थियो ।

नेपालको संविधान–२०७२ ले दिएको अधिकारसमेत प्राप्त गर्न नसकेपछि त्यसको दशक बितिसक्दासमेत आन्दोलन नै गरिरहन बाध्य भएको आदिवासी जनजाति समुदायको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले जनाएको छ ।

राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई पनि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै बहस पैरवी गर्ने महत्पूर्ण अवसरका रुपमा विश्व आदिवासी दिवसलाई हेर्न थालिएको नेपाल आदिवासी जनजाती महासंघ तनहुँका बरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जामगरले बताए ।

आदिवासी जनजातिले राज्य पक्षसँग आफ्ना हक अधिकार माग्दै गर्दा आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति संरक्षण गर्ने विषयमा समेत गम्भीर भएर सोच्दै आएको गर्जामगरले बताए । तसर्थ आदिवासी जनजाति समुदायका हरेक कार्यक्रममा जनजाति समुदायसँग जोडिएको संस्कृति प्रस्तुत हुँदै आएको उनको भनाइ छ ।

‘आदिवासी जनजातिका भाषा, साहित्य त छँदै छन् । पहिचानको मुद्दालाई पनि बलियो ढङ्गले उठाउने छौँ’, उनले भने, ‘सङ्घीयता लागू भइसके पनि हाम्रा मागहरु जबसम्म पूरा हुँदैनन् त्यतिञ्जेलसम्म आन्दोलन जारी रहन्छ ।’ नेपालमा रहेका ५९ आदिवासी जनजाति समुदायमध्ये नेपाल आदिवासी जनजाति महासंघको सङ्घीय समितिमा ५६ जाति आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण