देवघाट सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पाण्डे

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १५

देवघाट सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा सिर्जना पाण्डे चयन भएकी छिन् । सोमबार देवघाटमा सम्पन्न केन्द्रको तेह्रौं अधिवेशनबाट पाण्डेको नेतृत्व समिति चयन गरिएको छ ।

समितिको कोषाध्यक्षमा नमुना घिमिरे, सचिवमा गीता कला ढकाल तथा सदस्यमा शिवराज पौडेल चयन भएका छन् । त्यस्तै कालिका मावि, बज्रयोगिनी मावि तथा गाउँपालिका शिक्षा शाखाबाट समेत प्रतिनिधित्व रहने गरी सात सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।

देवघाट सार्वजानिक पुस्तकालयको २२ औं साधारणसभासँगै आयोजित उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानी प्रसाद तिमिल्सेना, देवघाट सार्वजानिक पुस्तकालका अध्यक्ष फणिन्द्र पौडेल, संस्थापक अध्यक्ष प्रा.डा. गुरुप्रसाद सुवेदी, देवघाट सार्वजानिक पुस्तकालयका पुर्व अध्यक्ष शिवराज पौडेल, देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन देवघाट सार्वजनिक पुस्तकालयका सचिव अर्जुन पाण्डेयले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू