बाढी पीडितलाई एकदेव आले स्मृति प्रतिष्ठानको सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १५

विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारकालागि व्यास नपा–३ स्थित एकदेव आले स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु.२८ हजार ९४० आर्थिक सहयोग गरेको छ ।

१९ औँ राष्ट्रिय पुस्तकालय दिवसमा औपचारिक कार्यक्रम नगरी प्रतिष्ठानका पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरूबाट स्वस्फूर्त रूपमा संकलित रकम जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत राहत कोषमा जम्मा गरिएको प्रतिष्ठानले जनाएको छ ।

उक्त सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास व्यक्त गरिएको प्रतिष्ठानकी अध्यक्ष मनुमाया श्रेष्ठले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू