पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

Devghat Online

शेयर गरौ

तनहुँ । असोज ११

नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । नविनप्रेस डटकम नामक अनलाइन सन्चानलन गरिरहेका पौडेलले तनहुँ क्षेत्र नम्बर १ को खुला तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

सञ्चार क्षेत्रमा लामो अनुभव हासिल गरेका पौडेल नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा लामो समयदेखि आबद्ध रहँदै आएका छन् । उनी नेपाल प्रेस युनियन, लोकतान्त्रिक विचार तथा सामाजिक अभियानसँग समेत जोडिएर सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

पौडेलले पार्टीभित्र युवा सहभागिता बढाउने, संगठनलाई प्रविधिमैत्री बनाउने, कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने र क्षेत्र नम्बर १ लाई थप संगठित तथा गतिशील बनाउने एजेन्डा अघि सारेका छन् । आफ्नो उम्मेदवारीलाई उनले व्यक्तिगत पदभन्दा पनि अनुभव, सञ्चार क्षेत्रको दक्षता र नयाँ पुस्ताको आवाजलाई पार्टीको निर्णय तहसम्म पु¥याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन् ।

व्यास नपा–८ को रिस्तीमा जन्मिएर चितवन हुँदै काठमाडौंमा लामो समय सञ्चार क्षेत्रमा सक्रिय रहेका पौडेल पछिल्लो समय आफ्नो जन्मथलो तनहुँ फर्किएर सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय छन् । उनको उम्मेदवारीसँगै तनहुँ–१ मा युवा पुस्ताको प्रतिनिधित्व र सञ्चार क्षेत्रको अनुभवलाई महाधिवेशनमा कसरी जोड्ने भन्ने बहससमेत सुरु भएको छ ।

तनहुँमा असोज १२ गते महाधिवशेन प्रतिनिधिको निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक