कोलोराडोमा मगर समुदायको पिकनिक

Devghat Online

शेयर गरौ

 

जुलाई- ११, कोलोराडो
डेनेभर मगर समाजको आयोजनामा यही जुलाई ११ तारिख आइतबार अमेरिकाको कोलोराडोमा पिकनिक कार्यक्रम सम्पन्न भएको छ ।
कोलोराडोको इन्टरलोकन इष्ट पार्क ब्रुमफिल्डमा सम्पन्न कार्यक्रम समाजको बार्षिक कार्ययोजना अन्र्तगत भएको आयोजकको भनाई छ । कार्यक्रममा पार्क व्यवस्थापन, खेलकुद, मनोरञ्जन र भोजन व्यवस्थापनको छुट्टा छट्टै उपसमिति गठन गरिएको थियो । खेलकुद अन्र्तगत भलिबल, तातो आलु, स्याक जम्प (बोरामा खुट्टा हालेर दौडने)आदि खेल रहेका थिए । खेलकुदमा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको थियो । पिकनिकमा आकर्षक रहेको गोला प्रथा प्रारुपको चिठ्ठा उपहार कार्यक्रमले मनोरञ्जमा रौनकता समेत छाएको थियो ।
उत्साहजनक रुपमा सम्पन्न भएको कार्यक्रममा मगर समुदायका ८० जनाको सहभागिता रहेको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी