जुलाई ३१
माल्टा÷ गैह्र आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति माल्टाको यहि जुलाई २९ गते भएको निर्वाचनबाट अध्यक्षमा भुवन अर्याल ३ सय ३८ मतका साथ निर्वाचित भएका छन् ।
भने उनका प्रतिद्वन्द्वी रेमलाल खनालले कुल ३ सय २१ मत प्राप्त गरेका थिए । त्यसै गरि केन्द्रीय सदस्यमा राजु अर्याल(बाबु) ले कुल ३ सय ४६ मत ल्याई निर्वाचित भएका छन् ।
भने उनका प्रतिद्वन्द्वी प्रकाश भण्डारीले कुल ३ सय ८ मत प्राप्त गरेका हुन् । त्यसै गरि सबैभन्दा धेरै मत ल्याई बरिष्ठ उपाध्यक्षमा नबिन गिरी विजयी भएका हुन । क्रमश,उपाध्यक्षमा नरेश खनाल र कृष्ण बहादुर पुन, महिला उपाध्यक्ष सबिता भण्डारी, युबा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिबमा कुलचन्द्र गौतम, रामु भण्डारी,कोषाध्यक्षमा मनोज उपाध्याय, युवा संयोजकमा रोशन आचार्य, महिला संयोजकमा बबिता अधिकारी विजयी भएका छन् भने सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चयन भएका थिए । सदस्यहरुमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे, सुनिल राणामगर र रञ्जित गिरी निर्वाचित भएका छन् । कुल ७५८ जना पञ्जिकृत सदस्य मध्ये ६६९ जनाले मात्र मतदान गरेका थिए ।

देवघाटको चक्रवर्ती विद्यालयका ५० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण
देवघाट । बैशाख १५ देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर मनपा–१०, चितवन निवासी गिता राजभाटको सहयोगमा












