चितवनमा सुरु भयो सवारी लाइसेन्स वितरणको सेवा, आईतबार देखि अनलाइन आवेदन फारम भर्न सकिने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, चैत १२

यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट हाउस भवनमा सरेको यातायात कार्यालयले दैनिक ५०० जनाको कोटामा आवेदन खुलाएको हो ।

अनलाईन आवेदन फारम भरेका सेवाग्राहीको वायोमेट्रिक चैत २६ गतेको लागि राखिएको छ । बायोमेट्रिकमा आँखा परीक्षण गर्ने, फोटो खिच्ने, डिजिटल हस्ताक्षर लिनेलगायतको काम हुन्छ । बायोमेट्रिक दिएका सेवाग्राहीले लाइसेन्सको लागि लिखित परीक्षा दिनुपर्छ । लिखित परीक्षामा पास भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षा (ट्रायल) मा संलग्न गराइन्छ ।

लिखित र ट्रायल परीक्षाको दिन यातायात कार्यालयले तोक्ने छ । लिखित परीक्षा यातायात कार्यालयमा नै हुनेछ भने ट्रायल परीक्षाको लागि भरतपुर–९ स्थित महालक्ष्मी मोटर ड्राइभिङ छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध