कालीगण्डकीमा नुहाउने क्रममा एक बालक वेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ३०
देवघाट गाउँ पालिका-५ स्थित कालिगण्डकी नदिमा पौडिने क्रममा शनिबार एक बालक बेपत्ता भएका छन् । भरतपुर – ११ ज्ञानज्योति टोलका १६ बर्षिय सन्देश बस्नेत कालीगण्डकीमा नुहाउने क्रममा वेपत्ता भएका हुन् ।
बस्नेत सहित ६ जना शनिबार दिउँसो करिब १२:३० बजेको फुटबल खेल्न जाने भन्दै साईकलमा घरबाट निस्केका थिए । सो क्रममा उनी साथिहरुसँगै नदीमा पौडी खेल्न  गएका थिए । बेपत्ता भएका बस्नेतले चितवनको नारायणगढ स्थित आदिकवी भानुभक्त माविबाट भर्खरै एस.इ.इ.परिक्षा दिएका थिए।
उनको देवघाट प्रहरी र २ नम्बर विपद व्यवस्थापन गण आपटारीका सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो