सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोसः इन्सेक

Devghat Online

शेयर गरौ

दमौली, जेठ २

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मंगलबार जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने सर्वव्यापक आशङ्का गम्भीर चिन्ताको विषय बन्न पुगेको उल्लेख छ ।

‘यस मामिलामा गहन र निष्पक्ष छानविन गरी संसारको नजरमा नेपाल राष्ट्रको प्रतिष्ठा पूर्णतः धराशायी हुन नदिने अवसर गुमाउनु हुँदैन । तर, सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरूकै भ्रष्टाचार र अनियमिता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठिरहेको आजको अन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौम सत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानविन भई सम्पूर्ण आरोपितहरूमाथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमासमेत आउनसक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापनाको अगुवाइ गर्ने दलहरूले नै लिनुपर्ने कुरा इन्सेकले सम्झाएको छ ।

इन्सेकले प्रेस विज्ञप्तिमार्फत नेपाल प्रहरी तथा राज्यका अन्य अङ्गबाट हालसम्म भएको अनुसन्धान कार्यको सराहना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४