बन्दिपुर, जेठ २
बन्दिपुर गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेको छ । उक्त सेवाको मंगलबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शुभारम्भ गरे । सो अववसरमा बोल्दै अध्यक्ष थापाले गाउँपालिकाको आफ्नै एम्बुलेन्सले अव सुत्केरी तथा विपन्न नागरिकलाई निुशल्क रुपमा सेवा दिने बताए ।



उक्त एम्बुलेन्सबाट गाउँपालिका भित्रका सुत्केरीहरुकोलागि बन्दिपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क रुपमा सेवा दिने अध्यक्ष थापाले बताए । गाउँकार्यपालिका बैठकले यस अघि नै बन्दीपुर गाउँपालिका भित्रका सुत्केरीहरुलाई बन्दीपुर अस्पतालसम्म ल्याउन लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा बन्दिपुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।












