बन्दीपुरका महिलाहरुलाई मुढा बनाउने तालिम

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २५

बन्दीपुर गाउँपालिका वडा नम्बर ६ को सारा बागथल र ग्याजाटारका महिलाहरुलाई मुढा बनाउने सीप विकास तालिम सुरु भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २८ जना महिलाहरुलाई १५ दिनसम्म मुढा बनाउने तालिम दिन सुरु गरिएको हो ।

वडाध्यक्ष गुरुङले तालिममा सिकेको सीपलाई सही सदुपयोग गरि बजारमा प्रतिष्पर्धा गर्नसक्ने गरि मुढाको निर्माण गर्न अनुरोध गरेका छन् ।

महिलाहरुका लागि आगामी दिनमा वडाले आवश्यक सहयोग गर्नेसमेत उनले बताए । टोल बिकासका अध्यक्ष तुल बहादुर गुरुङको अध्यक्षतामा तालिम उद्धघाटन कार्यक्रममा वडाध्यक्ष बलबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सन्चालन वडाको कर्मचारी रुपा गुरुङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो