घिरिङमा नीति तथा बजेटकोलागि नागरिकको सुझाव संकलन

Devghat Online

शेयर गरौ

अन्जान परियार÷घिरिङ
असार ६

घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ नीति तथा कार्यक्रम र बजेट बिनियोजनकालागि नागरिकको सुझाब संकलन गरेको छ । मंगलबार गाउँपलिकाको सभाहलमा जनप्रतिनिधि, बिषयगत शाखा प्रमुख कर्मचारी र विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा सुझाब संकलन गरिएको थियो ।

सो अवसरमा गाउँपालिका निबर्तमान अध्यक्ष रनबहादुर राना, नेकपा एमाले गन्डकी प्रदेश कमिटी सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, नेकपा एमाले घिरिङ गाउँ कमिटी अध्यक्ष बिष्णुप्रसाद ढकाल, नेपाली कांग्रेस घिरिङ गाउँकार्य समिती सभापती यामबहादुर थापा र नेकपा माओबादी केन्द्र घिरिङ गाउँ कमिटिका अध्यक्ष चुननारायण श्रेष्ठ लगायतले शैक्षिक क्षेत्रमा सुधार, एक घर एक धारा निरन्तरता, गाईघाट गल्याङ मोटरमार्ग अन्तर्गत घिरिङ खण्डको कालोपत्रे गर्न, पर्यटकिय क्षेत्रको प्रचारमा जोड, जनताको गुनासो राख्ने डिजिटल माध्यम संचालन गर्ने, लक्षित बर्गको अनुदान सहि ब्यक्तिले पाउनु पर्ने जस्ता सुझाब दिएका थिए ।

कार्यक्रममा आएका सुझाबलाई सुक्ष्म ढङ्गबाट अध्ययन गरि नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरिने घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले नागरिकको सुझावबाट नीति तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो