एनआरएनए एनसिसि कतारको अध्यक्षमा तनहुँका गिरीको उम्मेद्बारी

Devghat Online

शेयर गरौ

दमौली, असार २८

गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि) कतारको २०२३–२०२५ कार्यकालको अध्यक्षको लागि तनहुँका पदम गिरीले उम्मेदबारी घोषणा गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–५ रुपटार निवासी गिरीले एनआरएनए एनसिसि कतारको आगामी निर्वाचनकोलागि अध्यक्षमा उम्मेदबारी घोषणा गरेका हुन् ।

बिगत १४ वर्ष देखि कतारमा बस्दै आएका गिरी सुरुदेखी नै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । उनी गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको २०१९–२०२१ र २०२१–२०२३ दुई कार्यकाल महासचिव समेत रहेका थिए ।

बिगतमा एनसीसीद्वारा घोषित कार्यक्रमहरुमा बाँकी रहेका कामहरुको निरन्तरता र एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रम मैत्री बनाउन कोसिस गरेको र त्यसलाई अझ सशक्त र प्रभाबकारी बनाउने आफ्नो प्रतिबद्धता रहेको गिरीले बताए । विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि आफुले यथासम्भब प्रयास गर्ने उनले बताए ।

नेपालीहरु कतार आउँदा कतारको भाषा, धर्म, सस्कृति र भौगलिक अवस्थाका वारेमा त्यति जानकारी नहुँदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिने, नेपालमा पर्यटन प्रर्बद्धनकालागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गर्ने, विगतमा जस्तै नेपाली नियोगसँग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्याहरु र नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गर्ने गिरीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै कतार सरकारको सम्वन्धित निकाय, नेपाली नियोग र कतारमा स्थापित संघसंस्थाहरु सँगको सहकार्यमा विगतमा जस्तै नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यक्रमहरु अझ प्रभाबकारी र ससक्त रुपमा सन्चालन गर्ने, एनसीसी कतारद्वारा गरिने कार्यक्रमहरुमा कतारमा स्थापित नेपालि संघसंस्थाहरुसंग बिगतमा झैँ सहकार्य र सहभागिताका लागि थप प्रभाबकारी भूमिका निर्बाह गर्ने कतारमा श्रम गरिरहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षाका बारेमा सचेतनामुलक कार्यक्रमद्वारा आबद्धता गराउन पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यी कामहरु पुरा गर्न आफुले अध्यक्ष पदमा उम्मेद्ववारी दिएको भन्दै उनले सबैको साथ, सहयोग र समर्थनको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त