देवघाटमा स्वच्छ कालिगन्डकी अभियान अन्तर्गत बृक्षारोपण र सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, असार २८

स्वच्छ कालीगण्डकी विशेष अभियान अन्तर्गत विहिबार देवघाट–५ स्थित कालिगन्डकी नदीको किनारमा बृक्षारोपण र सरसफाई गरियो । भू–तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीको आयोजना, देवघाट गाउँपालिकाको समन्वय र गलेश्वर आश्रम देवघाटधामको सहयोगमा विहिबार कालिगण्डकी विशेष अभियान सम्बन्धि सरसफाइ तथा वृक्षारोपण गरिएको हो ।

सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, भू–तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका कार्यालय प्रमुख इन्द्रप्रसाद अधिकारी लगायतले विभिन्न जातका विरुवा रोपण गरेका थिए भने कालीगन्डकी जाने बाटोमा सरसफाई गरेका थिए ।

बृक्षारोपण र सरसफाई पश्चात स्वच्छ कालिगन्डकीको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो । भू–तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका प्रमुख इन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, सन्त समाज नेपालका अध्यक्ष एवं हरिहर संन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती, देवघाट गाउँपालिकाका उपाध्यक्ष भूवन सिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष एवं देवघाट गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट क्षेत्र विकास समिति का कार्यकारी निर्देशक सदन बराल लगायतले शालिग्राम पाईने विश्वकै एक मात्र नदी कालीगण्डकीको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।

ऐतिहासिक दामोदर कुण्डबाट देवघाटको वेणीसंगम स्थलसम्म आइपुग्दा हुने व्यवधान र अवरोधलाई सम्बन्धित प्रदेश र स्थानीय पालिकाहरुले समाधानको लागि पहल गर्नु पर्नेमा वक्ताहरुको जोड थियोे । कालिगन्डकीमा उत्खनन, अतिक्रमण, ढलनिकासको समाधान फोहोर व्यवस्थापन तथा कालीगण्डकीमा समाहित हुने सबै नदीहरुको संरक्षण बिना कालीगण्डकीको संरक्षण हुन नसक्ने वक्ताहरुले बताए ।
सो कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय आश्रम तथा गुरुकुलका प्राचार्यहरु, विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सन्चालन देवघाट गाउँपालिकाका वन वातावरण विपत व्यवस्थापन शाखा प्रमुख होम बहादुर भारतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल