भोली साउनको पहिलो सोमबार, देवघाटमा बोलवम मेला लाग्ने

Devghat Online

शेयर गरौ

दमौली, असार ३१

भोली साउनको पहिलो सोमबार । हरेक वर्षको साउने सोमबारको दिन लाग्ने बोलवम मेला भोली देवघाटमा लाग्ने भएको छ । भोली साउनको पहिलो सोमबार मात्र नभएर औंशी समेत परेको हुँदा भोलीको दिनलाई हिन्दु धर्मावलम्बीहरुले विशेष महत्वका साथ लिएका छन् । औंशी समेत परेको साउनको पहिलो सोमबार भोली देवघाटमा ५० हजार भन्दा बढि भक्तजन स्नान गर्न आउने अपेक्षा देवघाट क्षेत्र विकास समितिले गरेको छ । यसवर्ष साउन २ गतेबाट मलमास परेको हुँदा भोली पहिलो सोमबार देवघाटमा भक्तजनको भिडलाग्ने अनुमान गरिएको छ ।

हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले असर गर्ने भएको छ । साउन २ गतेबाट मलमास सुरु हुने भएपछि साउनको प्रत्येक सोमबार देवघाटमा लाग्ने बोलबम मेला प्रभावित हुने भएको हो । भोली साउने संक्रान्तिको दिन सोमबार परेको र उक्त दिन मलमासले नछुने भएकोले सो दिन ठुलो संख्यामा भक्तजन देवघाटमा स्नान गर्न आउने विश्वास गरिएको छ । त्यसबाहेक अन्य सोमबारको बोलवमको मेलालाई मलमासले असर गर्ने भएको हो ।

मलमासमा कुनै कामना राखेर गरिने धार्मिक कार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकोले यसपटक मेला प्रभावित हुने देखिएको हो । देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक अध्येताहरु साउने संक्रान्ति सोमबार परेकोले संक्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थीहरु नआउने अनुमान गर्छन् । गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले साउन २ गतेबाट मलमास पर्ने भएकोले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने बताए । उनले यस वर्ष साउने संक्रान्तिपछिका सोमबार धार्मिकरुपले दर्शनार्थीहरु कम आउने बताए ।

त्यसैगरी महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले पनि मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकोले साउने संक्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरुको संख्या कम हुने बताए । उनले भने, ‘युवाहरु घुम्न र भगवानको दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामना पूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रुपमा भगवानको दर्शन र गंगा स्नान गर्न सकिने भए पनि मनोकामना पूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।’

देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झण्डै दुई लाख जति दर्शनार्थीहरु आउने अनुमान गरे । साउने संक्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकोले झण्डै ५० हजार जति भक्तजन आउने उनको अनुमान छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेला यस वर्ष भने मलमासले खासै भीड नहुने स्थानीयको अनुमान छ ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष