कालीखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

Devghat Online

शेयर गरौ

नारायणगढ, साउन ९

चितवनको मुग्लिङ- नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ । मंगलबार बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पानी परिराखेकाले परिरो पन्छाउन कठिन भएको कार्यालयको भनाइ छ । पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले