जिल्ला सभा हल अपाङ्गतामैत्री छैन, अपाङ्गतामैत्री नबनाउँदासम्म उद्घाटन गर्न नदिने अपाङ्गता अधिकारकर्मीहरुको चेतावनी

Devghat Online

शेयर गरौ

दमौली, साउन ९

दमौलीमा निर्माण भएको जिल्ला सभा हल अपाङ्गता मैत्री नभएकोमा अपाङ्गता अधिकारकर्मीहरुले आपत्ती जनाएका छन् । पूरानो जिल्ला सभा गृह भएको ठाउँमा नयाँ सभागृह निर्माण गरिएपनि उक्त सभाहल अपाङ्गता मैत्री नभएको भन्दै अपाङ्गता अधिकारकर्मीहरुले आपत्ती जनाएका हुन् ।

संघीय सरकारको सहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको उक्त सभागृह अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचमा छैन । सहृदयी मन्च तनहुँको संयोजनमा गत साउन ७ गते अपाङ्गता भएका व्यक्तिहरुले सभा हलको अवलोकन गरेका थिए ।

सभा हलको अनुगमन पछि उक्त भवन सिमित व्यक्तिहरुको लागि मात्रै बनेको रहेछ भन्ने महशुस भएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले बताए । ‘भवनको प्रवेशद्वार देखि नै ठाउँ ठाउँ मै काडेतार लगाएको महसुस भो हामीलाई’ पौडेलले भने ‘केही ठाउँमा बनेको ¥याम्प पनि कुनै गुणस्तरकै छैन, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा बनेको भवनमा समेत अपाङ्गता भएका व्यक्तिको लागि शौचालय समेत छैन ।’

मूल हलमा व्हिलचियर प्रयोग गर्ने व्यक्तिहरुको लागि दर्शक दिर्घामा बस्ने ठाँउ समेत नभएको पौडेलले बताए । ‘बालकोनीमा पुग्नु त परको कुरा, सानो हल त झन दुई तला माथि त्यसको पनि कुरै नगरौं ।’ पौडेलले गुनासो गरे । उक्त भवन अवलोकन गरिसकेपछि आफ्नो मनमा केही प्रश्नहरु उब्जिएको भन्दै पौडेलले सरकारलाई आफैले बनाएको ऐन कानुन, नियमावली, निर्देशिकाको बारेमा केही अत्तोपत्तो हुँदैन ? भन्ने प्रश्न गरेका छन् । आफै बनाउने सार्वजनिक स्थल सबैको लागि बन्न पर्छ भन्ने हेक्का सरकारलाई हुँदैन भन्दै पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्न स्थापना भएका संघ संस्थाहरुले सुरुवात देखि नै अवलोकन, समन्वय तथा दबाब गर्न पर्ने होइन ? भन्ने प्रश्न पनि गरेका छन् । पौडेलले यति ठूलो संरचनामा लिफ्ट जडान गर्नु पर्ने बताएका छन् ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको यस भवनलाई पूर्ण मानवमैत्री बनाउन जिल्ला समन्वय समितिले तत्काल नै पहल गर्नु पर्ने पौडेलले बताए । यदि उक्त भवन पुर्ण अपाङ्गता मैत्री नबनाईए अवरोध भएको ठाउँ हेरी हेरीकन गैचीं, बेल्चा लगेर भत्काउन समेत समेत लिन पछाडी पर्न नहुने पौडेलले चेतावनी दिए ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि महासन्धि, अपाङ्गता भएका व्यक्ति अधिकार सम्बन्धि ऐन तथा नियमावली र अन्य निर्देशिकाहरुले सार्वजानिक संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने स्पष्ट व्यवस्था गरेको भन्दै उक्त जिल्ला सभाहल पूर्ण मानवमैत्री भवन नबने सम्म उक्त भवनको उदघाटन हुन नदिने र सन्चालन हुन नदिने अभियान चलाउनु पर्ने पौडेलले बताए ।

सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय अधिकारी थमन सिंह थापा, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, सहृदयी मञ्च तनहुँकी अध्यक्ष सावित्री सुवेदी, व्यास नगर अपाङ्गता समन्वय समितिकी सदस्य एवम् सहृदयी मञ्च तनहुँ नेपालको सचिव कृष्णा थापा सहितको टोलीले जिल्ला सभागृहको अवलोकन गरेको थियो । अवलोकनको क्रममा निर्माणको अन्तिम चरणमा पुगेको उक्त भवनको कुनैपनी संरचना अपाङ्गता मैत्री÷मानव मैत्री नभएको पाईएको पौडेलले बताए ।

अझै पनि उक्त संरचनाको निर्माण सुधार गरी अपाङ्गता मैत्री÷मानव मैत्री बनाउन सकिने केही सम्भावनाहरु रहेको भन्दै उनले त्यसप्रति सबैको ध्यान बेलैमा पुग्नु पर्ने र सबैले अपनत्वको महसुस गर्न पाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक