कावासोतीका बालबालिकालाई राम्रो छुवाई र नराम्रो छुवाई सम्बन्धि सचेतनामुलक कार्यक्रम

Devghat Online

शेयर गरौ

कावासोती, भदौ ५

कावासोती नगरपालिक–१३ को पिठौली आधारभूत विद्यालयमा बालबालिकाहरुलाई राम्रो र नराम्रो छुवाई, बालबालिकामाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भयो ।

कार्यक्रम कावासोती नगरपालिकामा सन्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलान स्विजरल्याण्डको सहयोग, कावासोती वडा नं १३ को कार्यालय, विद्यालय र नवलपुर किशोरी संजालको समन्वयमा गरिएको राधा बोटेले बताइन् ।

कार्यक्रममा सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुव्र्यहवार भनेको के हो ? राम्रो छुवाई र नराम्रो छुवाई भनेको के हो ? बालबालिका माथी हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छ ? आफुलाई र साथीहरुलाई हिंसा तथा दुव्र्यवहार पर्यो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु के के हुन् भन्ने बारेमा प्रस्तुतिकरण सहित तालिम सन्चालन गरिएको थियो ।

साथै सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार कहाँ कसरी हुन्छ भन्ने सन्दर्भमा नमुनाको रुपमा अभ्यास मार्फत समेत सहजीकरण गरिएको अभियन्ता रेजिना घर्ती मगरले बताइन् ।

कार्यक्रम निकै नै फलदायी रहेको र बालबालिकाहरुले राम्रो छुवाई र नराम्रो छुवाईको साथमा हिंसा र दुर्व्यवहारको बारेमा बुझेका र यसले उनिहरुको सिकाईलाई राम्रो हुने बिधालयका सहायक प्रधानाध्यापक सिता पाण्डेले बताए । पछिल्लो समय बालबालिकामाथि हुन सक्ने हिंसा, दुव्र्यहवारहरु बढेकोले यसरी सजग गराउन सस्थालाई समेत अनुरोध गरे ।

उक्त कार्यक्रमको सभाध्यक्ष विद्यालयको बाल क्लवका अध्यक्ष सलिना गाहा मगर, प्रमुख अतिथी विद्यालयका सहायक प्रह सीता पाण्डे र अन्य शिक्षिकाहरु, बालक्लवका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत बालबालिकाहरुको उपस्थिति रहेको थियो । किशोरी अभियन्ता घर्तिमगरले सहजीकरण गरेको सो कार्यक्रममा ५० जना बालबालिका र शिक्षक र अन्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण