जिल्ला सभाहल र समन्वय समितिको ताला खुल्यो

Devghat Online

शेयर गरौ

दमौली, भदौ ५

दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गतामैत्री नभएको भन्दै तनहुँका अपाङ्गता भएका व्यक्तिहरुले सभाहलको मुख्य गेट र जिल्ला समन्वय समितिको कार्यालयमा लगाएको ताला खुलेको छ । राष्ट्रिय अपाङ्ग महासंघको संयोजनमा उक्त ताला खोलिएको जिल्ला स्तरीय संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका संयोजक मदन पौडेलले आफुहरुको आन्दोलन स्थगित भएको नभई आन्दोलनको स्वरुप परिवर्तन भएको बताए । उनले अव आफुहरु उक्त भवन कानुन विपरित निर्माण भएको हुँदा भवनको उद्घाटन कार्य तत्काल रोकी पाउँ भनि कानुनी प्रक्रियामा जाने बताए । अवको आन्दोलनको नेतृत्व राष्ट्रिय अपाङ्ग महासंघले गर्ने र अव आन्दोलन राष्ट्रिय स्तरको हुने पौडेलले बताए । अपाङ्गता भएका व्यक्तिहरुले गत आईतबार सभाहलको मुख्य गेटमा र सोमबार जिल्ला समन्वय समितिमा तालाबन्दी गरेका थिए ।

गत साउन ७ गते अपाङ्गता भएका व्यक्तिहरुले सभागृह हल मानवमैत्री भए नभएको अवलोकन गरि साउन १० गते अपाङ्गतामैत्री बनाउनको लागि सहृदयी मन्च तनहुँले जिल्ला समन्वय समितिमा ज्ञापनपत्र पेश गर्नुका साथै राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले समेत उक्त सभाहलको पहुँचयुक्तता परीक्षण गरि १४ बुदे सुझाव पेश गरेको भएता पनि सरकार पक्ष कानमा तेल हालेर बसेको पौडेलले आरोप लगाए ।

यसैगरि गत भदौ १ गते पहुँचयुक्त जिल्ला सभागृह निर्माणका लागि गठित अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष समितिले पत्रकार सम्मेलन गरि संघर्षका चरणबद्ध कार्यक्रम घोषणा गरे मुताबिक सभागृह हलको मूल ढोका र जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा समन्वय अधिकारीको कार्य कक्षमा तालाबन्दी गरे पश्चात् प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पहलमा आन्दोलनरत पक्षसँग मंगलबार वार्ता भएको थियो ।

आफुहरु वार्ता विरोधी नभएकोले सहज रूपमा स्वीकार गरि वार्ता बसेको तर तालाबन्दीको समयमा जनप्रतिनिधिबाट जुन कुरा संघर्षरत पक्षसँग व्यक्त गरिएको थियो उक्त कुराबाट जनप्रतिनिधि स्वयं चुकेको पाईएको पौडेलले बताए । यस सवालमा जनप्रतिनिधिको भूमिका शंकास्पद रहेकोले संघर्षको रुप परिवर्तन गरि संघर्षलाई थप मजबुत बनाउने निश्कर्ष निकालिएको पौडेलले बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश र शहरी विकास विभाग संघीय कार्यालयले समेत यस संघर्षलाई ग्रहण गरेको हुँदा संघर्ष समितिले लगाएको ताला राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा एवं पदाधिकारी तथा सदस्यहरुबाट खोलिएको र अबका दिनमा यस सवाललाई महासंघले जोडदार रूपमा उठाउने अपेक्षा गरेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण