चितवनमा डेँगु संक्रमितको संख्या २०० कट्यो

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ १७

चितवनमा डेँगु संक्रमितको संख्या २०० नाघेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आइतबार प्रकाशित गरेको तथ्यांक अनुसार चितवनमा डेँगु संक्रमितको संख्या २०६ जना पुगेको हो । साउन १ देखि भदौं १७ गतेसम्म परीक्षण गराउने मध्ये सो संख्यामा संक्रमितहरु भेटिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार बिगत २४ घण्टामा ४ जना संक्रमित भएका छन् । संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकाका ५८ जना, खैरहनी नगरपालिकाका १४ जना, माडी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकामा ३१ जना, राप्ती नगरपालिकामा २१ जना, कालिकामा ४ जना र इच्छाकामनाका २ जना रहेका छन् । त्यसैगरी चितवनमा भेटिएका संक्रमितहरु मध्ये ठेगाना नखुलेका १७ जना र अन्य जिल्लाबाट आएका ५६ जना रहेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले चितवनमा डेँगुको संक्रमण निरन्तर बढ्दै गएकोले सावधानी अपनाउन सुझाव दिएका छन् । उनले गर्मी बढी हुदा लामखुट्टेको वृद्धि र विकास कम भएको थियो तर अहिले मौसम केही शीतल भएकोले यसको वृद्धि हुने सम्भावना बढी रहेको बताए । डा पौडेलले भने, ‘डेँगु संक्रमणका चार प्रकारमध्ये अघिल्लो वर्ष टोकेको भन्दा फरक प्रकारले टोकेमा संक्रमितलाई निकै जटिल बनाउँछ । त्यसकारणले सावधानी अपानाउनुपर्छ । घरवरिपरी पानी जम्ने वस्तुहरु केही भए हटाउनुपर्छ ।’ उनले दुई वर्षमा संक्रमण बढ्नै अवस्था रहेकोले डेँगुको प्रकोप अर्को साल धेरै बढ्ने सम्भावना रहेको बताए । उनले डेँगुबाट संक्रमित भएमा चिकित्सकको निरन्तर सल्लाह लिएर सहयोगी प्रकारको उपचार लिन सुझाव दिए । उनले भने, ‘ निरन्तरको निगरानीमा बसेर उपचार गर्नुपर्छ । अवस्था के कस्तो छ रु सेतो रगतको मात्रा निरन्तर बुझेर कतै रक्तश्राव भएको छ वा छैन अनुगमन गरेर आवश्यक पर्दा रगत पनि संक्रमितलाई चढाउनुपर्छ ।’

के हो डेँगु संक्रमण ?

डेंगु एक भाइरसको कारणले हुने रोग हो । ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखा पर्दछ। वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्ने गर्दछ । डेंगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ । डेंगु सार्ने लाम्खुट्टेहरु जमेको पानीको वरपर हुने गर्दछन्।

डेंगु एक प्रकारको भइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखा पर्दछन् । यो रोगको बिरामीलाई समय मै अस्पातल पु¥याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ ।

हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन । यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ । डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिँगटा लाग्ने हुन्छ ।

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।

डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगका लक्षणसँग पनि मिल्दाजुल्दा हुन्छन् ।

कसरी बच्न सकिन्छ ?

डेँगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिने, लामखुट्टे भएको ठाउँमा जाँदा शरीर पुरै ढाकिने गरी कपडा लगाउने, डेँगु लागेको लक्षण देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने, डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थ सेवन गर्ने, अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भनेअनुसार गर्ने गर्नुपर्छ ।

यो रोग लागेपछि लाक्षणिक उपचार गर्दै जाने हो । डेँगुुका बिरामीले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ भनिन्छ । डेंगुको बिरामीले एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन । यस्ता औषधिले रक्तश्राव बढाउने गर्दछ। पारासिटामोल तथा कोडिन जस्ता औषधिको प्रयोग गर्ने गरिन्छ।
गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकामा यो रोग सर्ने प्रबल सम्भाबना हुन्छ । यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ । एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।

लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। लामखुट्टेले खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी,  टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय