घिरिङमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न सकिने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २०

तनहूँको घिरिङ गाउँपालिकाले अवदेखी अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गर्ने भएको छ । व्यक्तिगत घटना वडा कार्यालयमा समयमा नै दर्ता गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । घटना भएको ३५ दिनभित्र घटना दर्ता गराएमा गाउँपालिकाले उक्त घटना अनलाइनबाट दर्ता गराई सेवा दिने छ ।

उक्त सेवा गाउँपालिकाको पाँच वटै वडाबाट सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेलले बताए । व्यक्तिगत घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले अनलाइन प्रणालीमा घटना दर्ता व्यवस्थित बनाउनका लागि अनलाइन घटना दर्ता सुरु गरेको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले व्यक्तिगत घटना दर्ताका लागि सबै वडामा इन्टरनेट सेवा विस्तार भइसकेको बताए । इन्टरनेट र सफ्टवेरमार्फत काम हुने हुँदा विद्युत् नभएका बेला भने सेवा रोकिन सक्ने उनले बताए । अनलाइन प्रणालीसँगै हस्तलिखित कागजको अन्त्य भएको पोखरेलले बताए ।

अनलाइनमार्फत काम हुँदा समय र जनशक्तिको समेत बचत हुने गाउँपालिकाको अनुमान छ । अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ ।

अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँ सराइजस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुनेछ ।

अनलाइनमार्फत घरबाटै फाराम भरी टोकन नम्बर तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा प्रमाण सहित पेस गर्न सकिने र सफ्टवयर मार्फत प्रत्येकलाई नदोहोरिने गरी व्यक्तिगत दर्ता नम्बर उपलब्ध हुने व्यवस्था छ । अनलाइन मार्फत व्यक्तिगत घटनाको दर्ता हुँदा अध्यावधिक गर्न समेत सहज भएको छ । यसले विगतमा जस्तो सामाजिक सुरक्षा भत्तामा हुनसक्ने बदमासीसमेत अन्त्य हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू