‘गाउँमा विकासको पुर्वाधार पुग्यो तर उपभोग गर्ने नागरिक बजार झरे’

Devghat Online

शेयर गरौ

समर रानाभाट
घिरिङ, भदौ २०

घिरिङ गाउँपालिका–४ उम्से गाउँकी ७० बर्षिया बाटुली रानाभाट लाई आजभोली गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बजार झर्न थालेपछि गाउँ सुनसान भएको छ ।

‘घरमा हामी बुढा बुढी मात्रै छौ’ रानाभाटले भनिन् ‘छोराहरू विदेशमा छन् बुहारीहरू बजार झरे ।’ पहिले २० घरपरिवार रहेको उम्से गाउँमा अहिले मुस्किलले १०÷१२ घरमा मात्रै मान्छे बस्छन्, त्यो पनि बुढाबुढी मात्रै । छोराछोरीलाई पढाउने बाहानामा बुहारीहरु बजार झरेपछि गाउँ धान्ने जिम्मा ति बुढापाकाको काँधमा आएको छ ।

उम्से मात्रै हैन, त्यो वडाका पार्थोक, बेलस्वाँरा, आशेडाँडा, बटौलीटार र करूवाटारको अवस्था पनि त्यही छ । ति गाउँमा पनि जवान र तन्नेरीहरु भेटिन मुस्किल छ । ति गाउँमा अधिकांश रानाभाट, मगर र दलितहरुको बसोबास छ । बस्ने मान्छेको अभावमा धेरै जसो घरहरु खाली बन्दैछन् र संरक्षणको अभावमा ति घरहरु क्रमशः खन्डहर पनि बन्दैछन् । मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन पनि बाँझो हुन थालेको छ ।

अर्की बृद्धा बालकुमारी रानाभाटको भनाई पनि उस्तै छ । उनी भन्छिन् ‘कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँ सुनसान हुँदै गएको छ ।’ यहाँका मानिसहरु नवलपुरको कावासोती, गैडाकोट, प्रगतिनगर तथा तनहुँको भिमाद, खैरेनीटार र सदरमुकाम दमौली तर्फ बसाई सर्ने क्रम बढ्दो छ ।

पृथ्विराजमार्गको खैरेनीटार देखी उम्स गाउँसम्म पुग्न ३० किलोमिटरको यात्रा गर्नु पर्छ । स्थानीय सरकारले गाउँ सम्मै मोटरबाटो लगेको छ । नीजि स्कुल, विद्युत्, खानेपानी, स्वास्थ्य चौकी सबैको सुविधा पनि गाउँमै पुगेको छ । विकासका सबै पुर्वाधार पुगेपनि मानिसहरु भने बजार झर्ने क्रम बढ्दो छ । पुर्व शिक्षक तेज बहादुर रानाभाट भन्छन् ‘खेती गर्ने मानिसको अभावमा यहाँका जमिन बाँझै छन्, बलिया मानिस सहर पसे, गाउँमा भएकाले बुढाबुढी काम गर्न सक्दैनन् ।’

मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम रानाभाटले बताए । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने अन्नले ६ महिना पनि खान नपुग्ने उनले बताए ।

खेतबारी बाँझो भएपछि चामल र तरकारीहरु बजारबाट किन्नुपर्ने बाध्यता भएको वडा नम्बर ४ का वडा अध्यक्ष भिम बहादुर कुमालले बताए । यो ठाउँ मकै, मास, अदुवा, कोदो, तिलबडी खेतीको लागि प्रख्यात हो । यसअघि गाउँलेहरु यसैको खेती गरेर जिविको पार्जन गर्दै आएको वडा अध्यक्ष कुमालले बताए ।

उपभोग गर्ने नागरिकको अभावमा गाउँमा ल्याईएका विकासका योजनाहरु पनि प्रभावकारी नभएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । ‘गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक लगायत विकासका सबै पुर्वाधारहरु पु¥याईएको छ ।’ अध्यक्ष थापाले भने ‘तर उपभोग गर्ने नागरिकहरु बजार झर्न थाले ।’ बसाई सराईको यो क्रमलाई नरोक्ने हो भने केही वर्षमा गाउँमा मानिस भेटिन गाह्रो हुने अध्यक्ष थापाले बताए । नागरिकलाई गाउँमै बसौं बसौं बनाउन विकासका पुर्वाधारसँगै व्यवसायीक खेतीमा अनुदान र आयआर्जनको कार्यक्रम पनि गाउँपालिकाले सन्चालन गर्ने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको छ । गाउँ पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

तनहुँ । चैत १३ बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक