कार्कीले दिए भुमी आयोगको विज्ञ सदस्यबाट राजिनामा

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

नेकपा एमालेका नेता श्रीराम कार्कीले राष्ट्रिय भुमी आयोग तनहुँको विज्ञ सदस्य पदबाट राजिनामा दिएका छन् । कार्कीले विहिबार पत्रकार सम्मेलन गरि सो पदबाट राजिनामा दिएको सार्वजानिक घोषणा गरे । कार्कीले प्रेस विज्ञप्ति मार्फत आफ्नो राजिनामा पत्र भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रीलाई सम्बोधन गरि सार्वजानिक गरेका थिए ।

कार्की २०७८ चैत ४ गते भुमी आयोगको विज्ञ सदस्यमा मन्त्रीपरिषदको निर्णयबाट नियुक्ती भएका थिए । कार्की नेकपा एकिकृत समाजबादीको जिल्ला सचिव हुँदा सो पदमा नियुक्त भएका थिए । कार्की नेकपा एकिकृत समाजबादी परित्याग गरि गत साउन ५ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । पार्टी परित्याग गरेपछि कार्कीलाई सो विज्ञ सदस्यबाट राजिनामा दिन नेकपा एसका नेताहरुले मौखिक तथा लिखित दवाव दिएका थिए । कार्कीको राजिनामा आउन ढिलाई भएको अवस्थामा केही दिन अघि नेकपा एसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि कार्कीलाई पदलोलुपको संज्ञा दिएको थियो ।

कार्कीले आफु आयोगको विज्ञ सदस्यको रुपमा जिल्लाका १० वटै स्थानीय तहका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पहल गरिरहेको प्रेस विज्ञप्तिमा जनाएका छन् । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गरि उनीहरुको हातमा लालपुर्जा दिने आफ्नो चाहाना भएपनि राष्ट्रिय राजनीतिकको गम्भिर विश्लेषण गरि पार्टी परित्याग गरि नेकपा एमालेमा समाहित भएको र त्यसले आयोगको सदस्यमा आफु रहिरहन आफुले नैतिकताको कारण उचित नठानेको कार्कीले बताए ।

एउटा राजनीतिक दलबाट निर्वाचित भएर अर्काे दलमा प्रवेश गरेर झण्डा हल्लाएर हिड्ने र एउटा पार्टीको सरकारको पालामा भएको नियुक्ती अर्काे पार्टीको सरकार हुँदा पनि सो नियुक्ती खाएरै हिडिरहेको अवस्थामा आफुलाई नैतिकताको पाठ पढाएकोमा कार्कीले आपत्ती जनाएका छन् । आफुले आयोगका अध्यक्षलाई लिखित पत्र पठाई आफ्नो स्थानमा अर्काे सदस्य नियुक्ती गर्न सहज बनाईदिएको अवस्थामा पनि नेकपा एसले पत्रकार सम्मेलन गरि आफ्नो राजनीतिक चरित्र र व्यक्तिगत इमानदारीतामाथी अफवाह फैलाउने प्रयास गरेको कार्कीले आरोप लगाएका थिए । यो अवस्थामा धमिलो पानीमा माछा मार्ने प्रबृत्तिलाई निरुत्साहित गर्न पत्रकार सम्मेलन मार्फत राजिनामा सार्वजानिक गरेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि