व्यासका जनप्रतिनिधि, कर्मचारीलाई आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण

Devghat Online

शेयर गरौ

दमौली, भदौ २७

तनहूँको व्यास नगरपालिकाले जनप्रतिनिधि, वडा सचिव र प्राविधिकहरुलाई आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण कायक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले प्रशिक्षण कार्यक्रमले नगरवासीको सेवामा पु¥याउने योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने बताए ।

साथै उनले प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधि,वडा सचिव र प्राविधिकहरु समेत शिक्षित हुने बताए । उनले भने, ‘यस्ता कार्यक्रमले योजना तर्जुमा देखि योजना सम्पन्न सम्म हरेक कुरामा शिक्षित गराउने छ, जसले गर्दा योजना सम्पन्न गर्दा कतैपनि कुनै क्रुटी हुनेछैन ।’

मेयर न्यौपानेले योजना तर्जुमा देखि सञ्चालन गर्दा सबैले हरेक कुरामा विशेष ख्याल राख्नुपर्ने समेत बताए । योजना समयमा नै सम्पन्न गर्ने वडालाई पुरस्कृत समेत गरिने उनको भनाई थियो । कार्यक्रममा बोल्दै उपप्रमुख एवंम् योजना अनुगमन समिति संयोजक ईन्दिरा दरैले वडाहरुले योजना सम्पन्न भएको समयमा मात्र नभएर निर्माण कार्य जारी रहदाँ पनि अनुगमन समितिलाई बोलाउनु पर्ने बताईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले यस्ता कार्यक्रमले कागजातका कारण देखिने बेरुजुलाई न्युनिकरण गर्न सकिने बताए ।

कार्यक्रममा वरिष्ठ आन्तरिक लेखा परिक्षक प्रमुख कुमारकञ्चन जिसीले बेरुजु सम्बन्धी विषयवस्तुमा प्रस्तुतिकरण राखेका थिए भने लेखा प्रमुख हेमन्त गुरुङले योजना भुक्तानी तथा बिलरभाई,करकटी सम्बन्धी र योजना कार्यान्वयन तथा अनुगमन उपशाखा प्रमुख भेषराज तिवारीले उपभोक्ता समिति गठन, संचालन, व्यवस्थापन साथै कार्यान्वयन सम्बन्धी कानुनी व्यवस्था बारेमा प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान