दमौली, भदौ २७
म्याग्दे गाँउपालिकाको आयोजनामा गाउँपालिका स्तरीय तिज गित प्रतियोगता मंगलबार सम्पन्न भएको छ । सो प्रतियोगिताको म्याग्दे गाउँपालिाकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी थिइन् । म्याग्दे गाउँपालिकाको अभियान रैथाने वाली संरक्षण भन्ने नाराको साथ आयोजित सो प्रतियोगितामा वेदकाली कृषि समुह प्रथम भएको छ ।
यसैगरि प्रतियोगितामा भीमसेन टोल आमा समुह दोश्रो, गुणादी वराही दिदी वहिनी समुह तेश्रो र मीन मावि विद्याथी समुहले सान्त्वना पुरस्कार हात पारेका थिए । प्रथम हुनेलाई १६ हजार, दोश्रो हुनेलाई १३ हजार ३३४, तृतीय हुनेलाई ९ हजार ३३४ र सान्त्वनालाई ४ हजार ६६७ रुपैया सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
गाउँपालिका २८ वटा समुहको सहभागिता रहेको सो प्रतियोगितामा प्रमुख अतिथी निवर्तमान अधयक्ष रानाले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज मार्फत पालिकालाई समृद्ध बनाउन गीतमार्फत दिएको सकारात्मक सन्देश अति नै अनुकरणीय रहेको वताए ।
कार्यक्रममा म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले हिन्दु नारीहरुको तीज विशेष कार्यक्रमले संस्कृति जगेर्ना र आफनो व्यथा पोख्ने थलो भएको वताए ।
शीला वद्रिका घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन वडा सदस्य सुनिता नेपालीले गरेकी थिइन् । प्रतियोगितामा प्रतियोगिहरुले म्याग्दे गाँउपालिकाले रैथाने वालीमा गर्नुपरेका र गरेका कामका वारेमाा गीतमार्फत प्रस्तुत गरेका थिए ।