बिरामी र आफन्तको मन जित्दै बन्दिपुर अस्पताल

Devghat Online

शेयर गरौ

बन्दिपुर, कार्तिक १२

बन्दिपुर गाउँपालिकामा रहेको एकमात्र सरकारी अस्पताल बन्दिपुर अस्पताल पछिल्लो समय बिरामी र आफन्तको रोजाईमा पर्न थालेको छ । ग्रामिण क्षेत्रका जनताले सेवा लिने उक्त अस्पतालले बिरामी र आफन्तको मन जित्दै गएको छ ।

विगतमा तनहुँ जिल्लाको जिल्ला अस्पतालको रुपमा चिनिने उक्त अस्पताल स्थानीय तहको पुनसंरचना पछि बन्दिपुर गाउँपालिकाको मातहतमा रहने गरि बन्दिपुर अस्पतालको रुपमा सन्चालन भईरहेको छ । बन्दिपुरमा रहेको तनहुँ जिल्लाको सदरमुकाम दमौली झरेपछि केही दशक जसरी बन्दिपुर बजार सुनसान रह्यो, त्यसैगरि तनहुँको जिल्ला अस्पताल बन्दिपुर अस्पताल पनि त्यसैगरि सुनसान बनेको थियो । जब बन्दिपुरले मुहार फेर्न थाल्यो, तब बन्दिपुर अस्पतालले पनि मुहार फेर्न थालेको हो । बन्दिपुरको मुहार परिवर्तन सँगै बन्दिपुर अस्पतालको मुहार पनि फेरिन थालेको हो ।

बन्दिपुर बजारका बासिन्दा रवि श्रेष्ठले केही दिन अघि आफ्नो फेसबुक पेजमा बन्दिपुर अस्पतालको सेवाको बारेमा फोटो सहितको स्टाटस लेखे ‘आमाको स्वास्थ्यमा खराबी भएर बन्दीपुर अस्पतालमा छ दिन बस्दा अस्पतालका डाक्टर र सिष्टर हरुले प्रदान गर्नु भएको नियमित रुपमा बिरामीको स्वास्थ्य परीक्षण, क्यान्टिनबाट प्रदान गरिने बिहान चिया अन्डा, खाना –दाल, साग, तरकारी अनि नरम खाना), दिउँसो चिया बिस्कुट, अनि बेलुकाको खाना कुनै राम्रो होटलको भन्दा कम छैन ।’

बन्दिपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य समेत रहेका श्रेष्ठले लेखेका छन् ‘बन्दिपुर अस्पताल परिसरको सरसफाई अनि बिरामी सुत्ने शैया, ओछ्याएको तन्ना ओड्ने सिरक सबै सफा, आरामदायी साथमा फ्रि वाईफाईको पनि सुबिधा उपलब्ध भएको मैले प्रत्यक्ष महसुस गर्ने मौका पाए ।’ ‘आमाको स्वास्थ्य खराबीको कारण अस्पतालबाट प्रदान गरिएको यो सेवा सुबिधाको लागि गाउँपालिका, अस्पतालको कर्मचारी एबम सम्पूर्ण अस्पतालसँग जोडिनु भएका सबैमा धन्यबाद ।’रविले लेखे झैं बन्दिपुर अस्पतालले दिने सेवा र सुविधासँग अहिले त्यस क्षेत्रका सेवाग्राही नागरिकहरु खुसी देखिएका छन् ।

बन्दिपुर अस्पतालबाट दैनिक रुपमा ओपिडी सेवा, विरामी भर्ना सेवा, औषधी वितरण, गर्भपतन सेवा, गर्भवती परिक्षण र सुत्केरी सेवा, माइनर अप्रेसन सेवा, हाडजोर्नी सम्बन्धि प्लाष्टर सेवा उपलब्ध भईरहेको अस्पतालका डाक्टर केविन पौडेलले जानकारी दिए । त्यस्तै नाक, कान, घाँटी, आँखा, दन्त परिक्षणको सामान्य चिकित्सा सेवा र नियमित रुपमा एम्बुलेन्स सेवा पनि सन्चालन भईरहेको डाक्टर पौडेलले बताए ।

बन्दिपुर अस्पतालमा ओपिडी तर्फ दैनिक सरदर ९० जनाले सेवा लिदै आएको डाक्टर पौडेलले जानकारी दिए । यस्तै इमरजेन्सीमा दैनिक २० देखी ३० जनाले सेवा लिने गरेका छन् । १५ शैयाको उक्त अस्पतालमा नियमित रुपमा भर्ना भएर उपचार गर्नेको संख्या ५ देखी १० जना रहेको हुन्छ । अस्पतालमा २ जना डाक्टर सहित २८ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन् ।

बन्दिपुर गाउँपालिकाले बन्दिपुर अस्पताल मार्फत टोल–टोलमा डाक्टर सहितको विशेषज्ञ स्वास्थ्य सेवा सन्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जटिलतालाई मध्यनजर गरेर टोलमा नै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले बन्दिपुर अस्पतालमा कार्यरत डाक्टरहरु सहित गाउपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरूलाई पालो र तालिका अनुसार स्वास्थ्य संस्थाहरुको पहुँचबाट टाढा रहेका टोलहरुमा पठाउने गरिएको अध्यक्ष थापाले बताए ।

निश्चित टोलका ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला पारेर सबैलाई एकै ठाउँबाट सेवा दिँदा उनीहरूले लामो दूरी हिँड्नु नपर्ने गरी टोल टोलमा नै स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘एउटै पालिका भए पनि एउटा गाउँका वृद्ध बुबाआमालाई अर्को गाउँमा रहेको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य परीक्षण गरेर आउँदा दिन नै जानेहुँदा टोलटोलमा नै पुगेर अस्पतालको सेवा दिने गरिएको अध्यक्ष थापाले बताए । यसले गर्दा जेष्ठ नागरिकले घर आँगनबाट नै बन्दिपुर अस्पतालको सेवा मात्र पाउँदैनन, अस्पताल प्रतिको विश्वास पनि बढ्ने अध्यक्ष थापाले बताए ।

ज्येष्ठ नागरिकले स्वास्थ्यकर्मीहरू टोल टोलमा आएर आफ्नो जाँच गरिँदिदा आफूहरूको दुःख हटेको बताउँने गरेका छन् । लौरीको सहारामा पूरै दिन खर्च गरेर सकी नसकी स्वास्थ्य चौकीमा जानु नपर्ने कुराले आफूहरूलाई ठूलो राहत भएको उनीहरूको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बन्दिपुर अस्पतालको सेवा अझ गुणस्तरीय बनाउन र धेरै भन्दा धेरै नागरिकलाई सेवा दिन सक्ने बताउन गाउँपालिकाले आवश्यक सबै खाले सहयोग गर्ने बताए ।

बन्दिपुर अस्पताललाई जिल्लाकै नमुना सरकारी अस्पताल बनाउने गरि गाउँपालिकाले काम गरिरहेको बन्दिपुर गाउँपालिकाका प्रशासन शाखाका नासु तथा बन्दिपुर अस्पतालका प्रशासन प्रमुख भगवान त्रिपाठीले त्रिपाठीले बताए । बन्दिपुर अस्पतालमा उपचार हुन नसक्ने बिरामीहरुलाई गाउँपालिकाकै एम्बुलेन्स मार्फत सुविधासम्पन्न असपतालमा उपचारकोलागि पठाउने गरिएको त्रिपाठीले बताए । साथै अस्पतालको पहुँच नपुगेको टोलमा पुगेर स्वास्थ्य शिविर मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण पनि गर्ने गरिएको त्रिपाठीले जानकारी दिए ।

सबै स्वास्थ्यकर्मीहरू तथा कर्मचारीको इमानदार प्रयास, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरुको इच्छाशक्तिको कारण पनि बन्दिपुर अस्पतालको सेवा राम्रो बन्दै गएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए ।

यसैविच आइतबारदेखी बन्दिपुरमा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बन्दिपुर गाउँपालिका, बन्दिपुर अस्पताल र बिकोल फाउन्डेशन अमेरिकाको संयुक्त आयोजित सो निशुल्क स्वास्थ्य शिविर कार्तिक १६ गतेसम्म सन्चालन हुनेछ । उक्त शिविरमा नेपाली र अमेरिकन चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नेछन् । शिविर अन्तर्गत कार्तिक १२ र १३ गते आँखा जाँच तथा औषधी वितरण हुनेछ । आँखा परिक्षणमा यदी मोती बिन्दुको शल्यक्रिया गर्नु परेमा कार्तिक १८ गते दृष्टि अस्पताल पोखरा र मंसिर ७ गते भानु नपा २ नारेश्वरटारमा निशुल्क शल्यक्रिया गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

यसैगरि १२ र १३ गते नै नाक, कान र घाँटीको निशुल्क परिक्षण र औषधी वितरण हुनेछ । यदी नाक, कान र घाँटीको शल्यक्रिया गर्नु परेमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निशुल्क शल्यक्रिया गरिने छ । यस्तै कार्तिक १२ र १३ गते नै स्त्रि रोग विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण हुनेछ । यसैगरि १२ देखी १६ गतेसम्म अमेरिकन तथा नेपाली जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण र औषधी वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एमालेको हीरक महोत्सव आजः प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि निम्तो, पुर्व राष्ट्रपती भन्डारीलाई गणतन्त्र गौरबले सम्मान गर्ने

काठमाडौं, बैशाख १० नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ । नेकपा

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

देवघाटमा चोरीको बिगबिगी: कल्पवासीको कुटी फोरी २ लाख ५० हजार नगद र ३ तोला सुन चोरी

देवघाट, बैशाख ९ देवघाट गाउँपालिकामा पछिल्लो दिनमा मोटरसाईकल चोरी हुनुलाई सामान्य रुपमा लिन थालिएको छ

ओझेलमा परेको सीता गुफा

रामायणमा सीता मातालाई उनका पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो अपमान सहन