बन्दिपुरमा आजदेखी नेपाली र अमेरिकन डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

बन्दिपुर, कार्तिक १२

आजदेखी बन्दिपुरमा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बन्दिपुर गाउँपालिका, बन्दिपुर अस्पताल र बिकोल फाउन्डेशन अमेरिकाको संयुक्त आयोजित सो निशुल्क स्वास्थ्य शिविर कार्तिक १६ गतेसम्म सन्चालन हुनेछ ।

उक्त शिविरमा नेपाली र अमेरिकन चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नेछन् । शिविर अन्तर्गत आज र भोली आँखा जाँच तथा औषधी वितरण हुनेछ । आँखा परिक्षणमा यदी मोती बिन्दुको शल्यक्रिया गर्नु परेमा कार्तिक १८ गते दृष्टि अस्पताल पोखरा र मंसिर ७ गते भानु नपा–२ नारेश्वरटारमा निशुल्क शल्यक्रिया गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

यसैगरि आईतबार र सोमबार नै नाक, कान र घाँटीको निशुल्क परिक्षण र औषधी वितरण हुनेछ । यदी नाक, कान र घाँटीको शल्यक्रिया गर्नु परेमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा निशुल्क शल्यक्रिया गरिने बन्दिपुर अस्पतालका प्रशासन प्रमुख भगवान त्रिपाठीले जानकारी दिए ।

यस्तै कार्तिक आईतबार र सोमबार नै स्त्रि रोग विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण हुनेछ । यसैगरि १२ देखी १६ गतेसम्म अमेरिकन तथा नेपाली जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण र औषधी वितरण गरिनेछ ।

शिविरको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष थापाले बन्दिपुरमा भएको यो स्वास्थ्य शिविरको बन्दिपुर गाउँपालिकाबासी र अन्य स्थानीय तहका नागरिकले पनि फाईदा लिनुपर्ने बताए ।

शिविरमा उल्लेख्य संख्यामा सर्वसाधरणको सहभागिता रहेको बन्दिपुर अस्पतालका प्रशासन प्रमुख त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष