अबैध लागू औषध सहित महिला पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १४

तनहुँमा अबैध लागू औषध सहित महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भानु नगरपालिका वडा नम्बर १ गन्धर्वटोल की २९ बर्षिय कमला गन्धर्व रहेकी छिन् ।

कमलाले अबैध रुपमा प्रतिबन्धित औषधीको कारोबार गरिरहेकी छन् भन्ने सुचनाको आधारमा गत कार्तिक १३ गते दिउँसो ईलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी भन्सारको संयुक्त टोलीले उनको घरकोठा तलासी लिदा उनको कोठाबाट अबैध लागु औषध ३ सय थान फेला पारी निज गन्धर्वलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँडले बताए ।

पक्राउ परेकी गन्धर्वलाई आवश्यक कारवाहीको लागी सोमबार औषधी व्यवस्था बिभाग बिजुलीबजार काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष