देवघाट, कार्तिक १४
देवघाट गाउँपालिकाका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा र सहायक सामाग्री वितरण गरिएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अन्तर्गत पुर्ण अशक्त र अति अशक्त क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा र सहायक सामाग्री वितरण सुरु गरिएको गाउँपालिकाकी महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता शाखा प्रमुख सुभद्रा भट्टराईले बताईन् ।
मंगलबारदेखी सुरु भएको उक्त कार्यक्रम अन्तर्गत पाँच वटै वडा कार्यालय मार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिने भट्टराईले बताइन् । वडा नम्बर ५ मा मंगलबार दिउँसो वडा कार्यालय तथा अपाङ्गता भएका व्यक्तिका घर घरमा पुगि लत्ताकपडा तथा सहायक सामाग्री वितरण गरिएको थियो ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले पुर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूई वडा कार्यालय तथा घर घरमा पुगि लत्ताकपडा एवं सामग्री वितरण गरेका थिए । वडा कार्यालयमा जान नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमै पुगेर ति सामग्री वितरण गरिएको थियो ।
सो कार्यक्रममा वडा नम्बर ५ का का.वा. वडाअध्यक्ष याम बहादुर मगर, वडा सदस्य कमला गुरूङ, गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त, गाउँपालिकाका नागरिक सहायता कक्षका प्रमुख होम बहादुर भारती, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भट्टराई लगायतले वडा नम्बर–५ का पुर्ण तथा अति अशक्त र पूर्ण अपाङ्गता भएका २१ जना व्यक्तिहरूलाई लत्ताकपडा एवं सामग्री वितरण गरेका थिए ।
यसैगरि वडा नम्बर १ को बुधबार दिउँसो वडा कार्यालयमा, वडा नम्बर २ को सिम्लेकमा विहिबार दिउँसो, वडा नम्बर ३ को शुक्रबार वडा कार्यालयमा र वडा नम्बर ४ को शनिबार दिउँसो वडा कार्यालयमा ति सामाग्रीहरु वितरण गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ लामिछानेले जानकारी दिए । उक्त सामाग्री लिन स्वयं अपाङ्गता भएका व्यक्ति वा उनका परिवारका सदस्य आउन सक्नेछन् ।
लत्ता कपडा र सहायक सामाग्री लिनको लागि लाभग्राहीले आ.व २०८०÷०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बुझेको पट्टा र देवघाट गाउँपालिकाले प्रदान गरेको अपाङ्गता परिचय पत्र साथमा लिएर आउनु पर्ने लामिछानेले बताए ।