प्रेस चौतारी चितवनको भवन निर्माणमा युवा व्यवसायी प्रशान्त अधिकारीकोे आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

चितवन, कार्तिक १५

चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि युवा व्यवसायी प्रशान्त अधिकारीले आर्थिक सहयोग गरेका छन् ।

भवन निर्माणका लागि सेन्ट जेभिर्यस इन्ष्ट्रिच्यूटका प्रवन्ध निर्देशक प्रशान्त अधिकारीले ५ हजार ५ आर्थिक सहयोग गरेका हुन् । युवा व्यवसायी अधिकारीले श्रमजीवी पत्रकारहरूको संगठनले आफ्नो भवन बनाउँदै गर्दा सहयोग गर्न पाउँदा खुसी मिलेको बताए ।उनले फरक आस्था र विचार जे भए पनि त्यसभन्दा माथि उठेर सहयोग गरेको भन्दैं पत्रकारहरुको संस्थागत विकास र दक्षतावृद्धिमा भवनले टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने अधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भवनका लागि हौसला मिलेको बताए ।

समाजसेवी केशव कार्कीले चौतारी चितवनलाई झण्डैं ७० लाख पर्ने १० धुर जग्गा दानमा उपलब्ध गराएका थिए । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम हुँदैछ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो ।

भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू