चितवनका पत्रकार घिमिरको सयपत्री फूलखेती

Devghat Online

शेयर गरौ

चितवन, कार्तिक १५

प्रेस चौतारी चितवनका सदस्य एवम् जिल्लाका क्रियाशील पत्रकार निराजन घिमिरेले व्यवसायिक फूलखेती लगाएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–१६, भद्रकालीमा पाँच कट्ठा क्षेत्रफलमा उनले फूलखेती गरेका हुन्। पत्रकार घिमिरेले पाँच कट्ठा क्षेत्रफलमा फूलखेती गर्न ३५ हजार मात्र लगानी गरेका छन् । उनले फूल बिक्रीबाट तीन लाख बढी आम्दानी हुने अपेक्षा राखेको बताए ।एककपटक हुर्केको बिरूवाबाट चारपटकसम्म फूल उत्पादन हुने उनले बताए ।

तिहारलाई लक्षित गरी २ हजार माला तयार हुने गरी फूल उत्पादन गरेको घिमिरेले जानकारी दिए । बजारमा अहिले प्रतिमाला १०० र प्रतिकिलो ४०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ । तिहारका बेलामा भारतबाट समेत फूल आयात हुने गरेको कुरा सुन्दा दुःख लागेको भन्दै हामी आफैंले पनि फूल उत्पादन गरेर परनिर्भरता हटाएर आत्मनिर्भर बन्न सकिने पत्रकार घिमिरेले बताए । उनले व्यवसायिक फूलखेतीबाट सफल भए यसमा आफूले फाइदा देखेको बताए ।

रत्ननगरमा पाँच बिघा क्षेत्रफलमा ५० हजार मालाका लागि पुग्ने फूल उत्पादन गरिएको छ । तीनवटा कृषक समूहसहित एक दर्जन बढी किसानहरुले यसै वर्षदेखि व्यावसायिकरुपमा फूलखेती गरेका छन् ।

नगरपालिकाले व्यावसायिक फूलखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गरी नगरभित्रका बजारमा प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीवितरण तथा प्रयोगमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको