मानव अधिकार आयोग ए श्रेणीमै कायम

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १५

नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।

गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए । एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ ।

मानव अधिकार आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा सिफारिस गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो । त्यस्तै उनीहरुको संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त