देवघाटका अपाङ्गता भएका व्यक्तिलाई लत्ता कपडा र सहायक सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १८

देबघाट गाउँपालिकाद्वारा वडा नम्बर ४ का पुर्ण अपाङ्ग र अति अशक्त भएका ब्यक्तिहरुका लागि लत्ताकपडा तथा सामाग्री बितरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य र वडा अध्यक्ष मित्रलाल गुरुङले शनिबार वडा कार्यालयमा आयोजित कार्यक्रममा  वडाका पुर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा र सहायक सामाग्री वितरण गरेका थिए ।

देबघाट गाउँपालिकाले ५ वटै वडामा अपांग भएका ब्यक्तिहरुलाई लत्ताकपडा बितरण गर्ने कार्यक्रम राखेकोमा शनिबार वडा नं ४ का अपांगता भएका व्यक्तिलाई ती सामाग्री बितरण गरिएको हो ।

गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको लागि ब्लाङ्केट , तन्ना, साबुन र हर्लिक्स उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण