पृथ्वीराजमार्गको डुम्रे–छिर्कन खण्डमा कालोपत्रे सुरु (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १९

८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्ड विस्तार कार्य अन्तर्गत डुम्रे–छिर्कन खण्डमा कालोपत्रे सुरु गरिएको छ । सो खण्डको नाहालामा आइतबार बिहानबाट कालोपत्रे सुरु गरिएको हो ।

तिहार अघि डुम्रे–छिर्कन खण्डको करिब ४ किमि सडक कालोपत्रे गरिसक्ने र तिहार लगत्तै पुन बाँकी खण्ड कालोपत्रे गरिने मुग्लिन–पोखरा सडक आयोजनाको पुर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । डुम्रे–छिर्कनमा कालोपत्रे भईसकेपछि उक्त सडकमा यात्रा केही सहज हुनेछ ।

२०७८ वैशाखदेखि सुरु भएको दुई लेन रहेको सो खण्ड हाल चार लेनमा विस्तार भइरहेको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ ।

पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ । पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो । पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्ड छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा ठेक्कामा दिईएको थियो । एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ ।

उक्त सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५÷२५ मिटर भए पनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण