आबुँखैरेनी, कार्तिक २२
आँबुखैरेनी गाउँपालिका अन्तर्गतको १५ शैयाको आँबुखैरेनी अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।
आबुँखैरेनी गाउँपालिका परिसरमा रहेको उक्त अस्पतालको आगामी मंसिर १ गते विहान ११ बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
सो कार्यक्रममा उपस्थितीकोलागि अध्यक्ष चुमानले सम्पुर्ण राजनीतिक दल, संघ संस्था, विद्यालयल, आमा समुह, टोल विकास संस्था, युवा क्लव तथा सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।
सोही दिन प्रधानमन्त्री प्रचण्डलले तनहुँको आवुँखैरेनी र गोरखा नगरपालिका जोड्ने मस्र्याङदी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।