न्यौपानेद्वारा जन्मदिनमा देवघाट सार्वजनिक पुस्तकालयलाई सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १०

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले आफ्नो जन्मदिनमा देवघाट सार्वजानिक पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । देवघाट सार्वजनिक पुस्तकालयका आजीवन सदस्य समेत रहेका न्यौपानेले आइतबार आफ्नो जन्मदिनको अवसरमा देवघाट गाउँपालिका–५ मा निर्माणाधिन पुस्तकालयलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।

पुस्तकालयलाई गरेको सहयोगकालागि पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज पौडेलले न्यौपानलाई हार्दिक धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

निर्माणाधिन पुस्तकालयाई देवघाटका विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्ने क्रम बढेको छ । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो