देवघाट, मंसिर १०
नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले आफ्नो जन्मदिनमा देवघाट सार्वजानिक पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । देवघाट सार्वजनिक पुस्तकालयका आजीवन सदस्य समेत रहेका न्यौपानेले आइतबार आफ्नो जन्मदिनको अवसरमा देवघाट गाउँपालिका–५ मा निर्माणाधिन पुस्तकालयलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।
पुस्तकालयलाई गरेको सहयोगकालागि पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज पौडेलले न्यौपानलाई हार्दिक धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।
निर्माणाधिन पुस्तकालयाई देवघाटका विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गर्ने क्रम बढेको छ । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।
उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ ।